पोखराको पस्र्याङबाट ग १ ख ५७७५ नं मिनि ट्रक पार्किङ गरेको ठाउँबाटै हराएको छ।
शुक्रबार बेलुकी १० बजे पस्र्याङको फिर्केखोला पुल नजिकै अभिषेक सप्लायर्स अगाडी पार्किङ गरी राखेको मिनि ट्रक एक्कासी हराएको अभिषेक सप्लायर्सका व्यवस्थापक अमर देवकोटाले बताए।
देवकोटाका अनुसार हराएको मिनि ट्रकमा उक्त सप्लायर्सका सामानहरु ढुवानी गर्ने गर्दथ्यो।
मिनि ट्रक हराएकोबारे कास्की जिल्ला ट्राफिक प्रहरी कार्यलयमा उजुरी दिइसकेको देवकोटाले बताए । अहिले, ट्राफिक प्रहरी कार्यलयबाट हराएको उक्त मिनि ट्रकको खोजविन र अनुसन्धान भइरहेको जिल्ला ट्राफिक कार्यलयले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







