विभागीय टिम एपीएफ र प्रदेश १ प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको फाइनलमा


     एभरेस्ट आवाज    
     पौष १९ गते २०७७ मा प्रकाशित




विभागीय टिम एपीएफ र प्रदेश नं १ प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

दाङको लमहीमा शनिबार भएको पहिलो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै एपीएफ फाइनल पुगेको हो।

सुदूरपश्चिमले दिएको ६१ रनको लक्ष्य एपीएफले १५ ओभरमा मात्र १ विकेट गुमाएर पूरा ग¥यो । एपीएफको जितमा ज्योति पाण्डेले अविजित रहदै २६ रन जोडिन्। यस्तै, सरिता मगर १९ रनमा अविजित रहिन्। सुदूरपश्चिमकी कविता कुँवरले १ विकेट लिइन्।

त्यसअघि, पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १६ ओभरमा ७ विकेट गुमाएर ६० रन बनाएको थियो। बाक्लो हुस्सुको कारण ढिला सुरु हुँदा खेल १६ ओभरमा घटाइएको थियो।

त्यस्तै, दोस्रो सेमिफाइनलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ। लुम्बिनीले दिएको ५३ रनको सामान्य लक्ष्य प्रदेश १ ले ८ ओभर ५ बलमा बिना विकेटको क्षतिमा पुरा ग¥यो । प्रदेश १ का लागि रुबिना क्षेत्रीले अविजित रहँदै २६ रन जोडिन् । यस्तै, काजल श्रेष्ठ २२ रनमा अविजित रहिन्।

त्यसअघि, पहिले ब्याटिङ गरेको लुम्बिनी १४ ओभर १ बलमा अलआउट हुँदै ५२ रनमा समेटिएको थियो। लुम्बिनीका लागि नितु भण्डारीले सर्वाधिक २१ रन जोड्दा अन्य ब्याट्सवुमनले रन जोड्न सकेनन्। लुम्बिनीलाई सस्तैमा समेट्न प्रदेश १ की संगीता राई र निग्मा तामाङले २/२ विकेट लिइन्। उपाधिका लागि अब प्रदेश १ र एपीएफ क्लबसँग खेल्नेछ । फाइनल खेल आइतबार हुनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।