सामुदायिक सेवा केन्द्र हेमजामा बास्तोला


     एभरेस्ट आवाज    
     पौष १९ गते २०७७ मा प्रकाशित




पोखरा । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा हेमजाको शनिवार सम्पन्न तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले पुनःविष्णु बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा दानबहादुर भुजेल, सचिवमा देवीप्रसाद अधिकारी, कोषाध्यक्षमा दुर्गाप्रसाद तिम्सिना र सह सचिवमा सिर्जना सापकोटा चयन भए।त्यस्तै ऋषिराम शर्मा पौडेल, रीता कार्की कुँवर,बुद्धिबहादुर थापा, डम्बरबहादुर नेपाली, तमबहादुर रोका, हिमलाल पौडेल, गणेशप्रसाद अधिकारी, कविराज बास्तोला र कृष्णबहादुर कुँवर(टाईगर) सदस्यमा छनोट भए।

कार्यक्रमका धारणा राख्दै प्रमुख अतिथी कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सामुदायिक सेवा केन्द्रको स्थापनाको इतिहास वर्णन गर्दै सस्थाको स्थापनाले स्थानीय सुरक्षा निकायका साथै स्थानीय सरकारलाई पनि कार्य गर्न सहज भएको जनाए ।

सो अवसरमा सल्लाहकार दानबहादुर थापा, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा लेखनाथका अध्यक्ष त्रिलोचन लामिछाने, जिल्ला सामुदायिकका वरिष्ठ उपाध्यक्ष बोधराज कार्की र पोखरा २५ का वडाध्यक्ष शोभाकर तिम्सिनाले लगायतले संस्थाले गरेका कार्यहरुको समिक्षा गरेका थिए ।

कार्यक्रमका बीच सस्थामा रहेर सराहनीय कार्य गर्ने सदस्य तथा सहयोगी सस्थालाई पनि सम्मान गरिएको थियो।यसरी सम्मानित हुनेहरुमा प्रहरी इन्चार्ज प्र.ह.जयबहादुर कुँवर, प्रहरी जवान विन्दु जि.सी, सदस्यहरु क्रमश देवीप्रसाद अधिकारी, बुद्धिबहादुर थापा र विपना श्रेष्ठ सुबेदी रहेका छन् ।

त्यस्तै जिल्ला सामुदायिकका वरिष्ठ उपाध्यक्ष बोधराज कार्की, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरीक्षक होतबहादुर रोकाय, समाजसेवी रविन कार्कीका साथै स्थानीय नमूना मसिना टोल विकास सस्था, छन्त्याल आमा समूह, नमूना आमा समूह, वास्तोला बस्ती र लामपाटा आमा समूह पनि सम्मानित भए ।

वडाध्यक्ष शोभाकर तिम्सिनाको संयोजकत्वमा गठित निर्वाचन उपसमितिले सर्वसम्मत समिति चयन गरेको हो ।जसको सदस्यहरुमा मधुसूदन त्रिपाठी, धर्मराज बास्तोला र दानबहादुर थापा तथा सदस्य सचिवमा भीमप्रसाद श्रेष्ठले सहजीकरण गरेका थिए ।

संस्थाका अध्यक्ष बास्तोलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष घनश्याम तिम्सिनाले स्वागत तथा सचिव दानबहादुर भुजेलले सञ्चालन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।