कास्कीको माछापुच्छ्रे गाउँपालिकाको आठौँ गाउँसभा शुरु भएको छ।
गाउँपालिका अध्यक्ष कर्ण बहादुर गरुङको अध्यक्षतामा शुरु भएको गाउँसभामा तीन वटा विधेयकहरु प्रस्तुत भएका छन्।
गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष एव्ं वन, वातावरण तथा विपद् व्यस्थापन समितिका संयोजक हरिश्चन्द्र ढुंगानाले स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ र माछापुच्छ्रे गाउँपालिका स्थानीय जलस्रोत विधेयक, २०७७ गाउँसभामा प्रस्तुत गरे।
यसैगरी, वडा नं. ३ का वडा अध्यक्ष एवं विधायन समितिका संयोजक सूर्यप्रसाद लम्सालले गाउँ युवा परिषद् सञ्चालनसम्बन्धी विधेयक, २०७७ सभामा प्रस्तुत गरेका थिए।
गाउँपालिका अध्यक्ष गुरुङले पर्यटन, कृषि, उर्जा र पूर्वाधार विकासका माध्यबाट गाउँपालिकालाई समृद्ध बनाउने योजना अनुसार आफूहरु अघि बढिरहेको बताए।
सभामा पेश भएका विधेयक उपर अध्ययन गरी सुझाव सहित प्रस्तुत हुने गरी गाउँसभा आगामी माघ ४ गते बस्ने गरी स्थगित भएको उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिइन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







