पो.उ.वा.समा सुदिप प्रधानाङ्गको उम्मेदवारी


     एभरेस्ट आवाज    
     पौष २० गते २०७७ मा प्रकाशित




पोखरा । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३३ औं महाधिबेशन युवा व्यवसायी सुदिप प्रधानाङ्गले कार्यसमिती सदस्यका लागि उम्मेदवारी दिएका छन् ।

युवा पुस्ताले पनि व्यवसायीको नेतृत्व गरि व्यवसायिक हकहितमा लाग्नुपर्ने अवधारणा लिएर उम्मेदवारी दिएको प्रधानाङ्गले बताए ।

छोटो समयमै व्यावसायिक सफलता हात पार्न सफल प्रधानाङ्गको पोखरा विरौटामा विरौटा हार्डवयर एण्ड सेनेटरी, श्रेयङ्गस सप्लार्यस रहेको छ ।

पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि यहि पौष २४ र २५ गते ३३ औं महाधिबेशन हुँदैछ । व्यवसायीहरु फरक फरक २ प्यानलमा बिभाजित भएर आफ्नो पक्षमा मत मागिरहेका छन् । कार्यकारिणी सदस्य पदका लागि प्रधानाङ्गले भने स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

आफु विगत ९ वर्षदेखि व्यावसायमा संलग्न रहेको र व्यावसायीका समस्याबारे जानकार रहेको बताउँदै कुनैपनि पार्टी र संगठन भन्दापनि नितान्त व्यावसायीका हकहित र समस्या सम्बोधनका लागि नै आफुले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको उनले बताए ।

उनीसंग सेल्सम्यान, मार्केटिङ्ग लगायतको अनुभव रहेको छ । एकातिर युवाहरु कामको खोजीमा विदेशीने र अर्कातिर नेपालमा दक्ष जनशक्तिको अभाव रहेकाले कामलाई सानो वा ठुलो भन्दापनि सवै काम उत्तिकै महत्वपुर्ण हो भन्ने कुरा युवा पुस्तालाई बुझाउन सके युवाहरु कामको खोजिमा विदेश भौंतारिन नपर्ने र नेपालमै उद्यम गर्न युवाहरु सक्षम हुने उनको भनाई छ ।

नयाँपुस्ताका युवा व्यवसायीहरुको प्रतिनिधित्व गर्दै आफ्नो उम्मेदवारी भएकाले मतदाताले मत दिनेमा आफु विश्वस्त रहेको उनले सुनाए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।