‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ पूर्वसन्ध्यामा नेपाली सेनाको एकीकरण पदयात्रा


     एभरेस्ट आवाज    
     पौष २२ गते २०७७ मा प्रकाशित




२९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको प्रर्वसन्ध्यामा नेपाली सेनाले एकीकरण पदयात्रा कार्यक्रम शुभारम्भ गरेको छ।

गोर्खाली सेनाद्वारा विजय अभियानको लागि प्रयोग भएका पदमार्गहरू गोरखादेखि धादिङ, नुवाकोट हुँदै काठमाडौँ जंगी अड्डासम्म संचालन हुने एकीकरण पदयात्रा पुसको २१ गते (मंगलबार) देखि गोरखा दरबारबाट शुभारम्भ गरेको हो।

एकीकरण पदयात्रा २०७७ पुसको २१ गते (मंगलबार)बाट शुरु भएको हो। पुस २७ गतेसम्म पदयात्रा गरिनेछ। विभिन्न स्थानहरूमा सांस्कृतिक कार्यक्रम, अन्तक्रिया तथा प्रवचनको कार्यक्रमहरू समावेश रहने उक्त पदयात्राको दौरान राष्ट्रिय एकताको प्रतीक नेपालको राष्ट्रिय झन्डा र टर्चका साथै पृथ्वीनारायण शाहकालीन सैनिक पोसाकमा सोही समयमा खडा गरिएका नेपालका पहिला ५ वटा युनिटहरूको निशान झण्डा संलग्न गरिएको छ।

उक्त कार्यक्रममा नेपाली सेना लगायत स्थानीय, सरकारी, गैर सरकारी निकायहरू र सर्वसाधारणको समेत सहभागिता रहेको छ। यस प्रकारका कार्यक्रमले नेपालको इतिहासको जगेर्ना गर्दै राष्ट्रिय एकताको भावनामा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको सेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।