नेपालको सबैभन्दा पहिलो अनलाईन फुड डेलिभरी भनेर दाबी गर्दै आएको फुडमाण्डुले पोखरामा पनि सेवा बिस्तार गरेको छ । फुडमाण्डूले विहीबार पोखरामा पत्रकार भेटघाट गरी पोखरामा सेवा शुभारम्भ भएको जानकारी दिएको हो । सो अवसरमा रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराका अध्यक्ष लक्ष्मण बरालले फुडमाण्डुको शुभारम्भ घोषणा गरे ।
काठमाडौंमा नियमित सेवा दिदै आएको फुडमाण्डूले उपत्यकाबाहिर पहिलोपटक पोखरामा सेवा बिस्तार गरेको फुडमाण्डू कम्पनीका सल्स एण्ड मार्केटिङचिफ श्यामरत्न मालीले जानकारी दिए । सन २०२० मै सेवा बिस्तार गर्ने योजना भएपनि विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९)का कारण २०२१ को जनवरीसम्म धकेलिएको उनको भनाई छ ।
फुडमाण्डूले पोखराका सबै क्षेत्रमा खानेकुराहरु अनलाईनमार्फत घरमा नै उपलब्ध गराउने जनाएको छ । आफै उत्पादन नगर्ने यस फुडमाण्डूले पोखराका विभिन्न ३० वटा रेष्टुरेण्टका परिकारहरु ग्राहकले भनेको ठाउँमा डेलिभरी गर्ने मालीले बताए । उनका अनुसार ग्राहकले चाहेको रेष्टुरेण्टको चाहेको परिकार घरमै पु¥याईन्छ । शुरुवातमा ३० वटा रेष्टुरेण्टसँग सम्झौता भएपनि पछि थप्दै लगिने उनले बताए ।
फुडमाण्डूले सेवा शुभारम्भ गरेको अवसरमा केहि जनवरी महिना अवधी भरी ३० प्रतिशत छुट दिने घोषणा गरेको छ ।
फुडमाण्डू कम्पनीका संस्थापक मनोहर अधिकारीले पोखरापछि देशका अन्य प्रमुख सहरमापनि सेवा बिस्तार गर्दै लगिने बताए ।
फुडमाण्डु शुभारम्भ घोषणा कार्यक्रमको उद्घाटन गर्दै रेवान पोखराका अध्यक्ष लक्ष्मण बराल । तस्बिर ः उमेश पुन÷नागरिक
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमशृङ्ला र फराकिला पाटनले परिचित बागलुङको ढोरपाटनमा…







