फाइल तस्बीर
पोखरा । नेपाली कांग्रेस क्षेत्र नम्वर २ (क) ले संसद विघटन, सर्वसत्तावाद र भ्रष्टचारको विरुद्धमा शनिबार बृहत विरोध प्रदर्शन गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदमको विरुद्धमा सो प्रदर्शनको आयोजना गर्न लागिएको सभापति बिजयराज आचार्यले बताए । सो प्रदर्शनलाई सफल पार्न सम्पुर्ण प्रजातन्त्रप्रेमी, नागरिक समाज लागायतका व्यक्तिहरुको वृहत सहभागिताका लागि समेत आचार्यले आग्रह गरेका छन् ।
यही पुष २५ गते शनिबार बिहान ११ः३० बजे पोखरा(१७ विरौटा चोकमा गरिने सभालाई केन्द्रिय स्तरका काँग्रेस नेताले सम्बोधन गर्ने सचिव बर्षाकेशव पराजुलीले जानकारी दिए ।
नेपाली काँग्रेसले देशैभर रहेर ३३० प्रदेश सभा क्षेत्रमा विरोध प्रदर्शन गर्दै छ । पोखरा १७ विरौटा क्षेत्रमा आयोजना गरिने कार्यक्रमको तयारी तिव्र गतिमा अगाडी बढेको वडा नं १७ का सभापति देवराज आचार्यले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







