पोउवासको निर्वाचनमा स्वतन्त्र उम्मेदवार युवा व्यवसायी सुदिप प्रधानाङ्ग उत्साहित


     एभरेस्ट आवाज    
     पौष २३ गते २०७७ मा प्रकाशित




पोखरा । पोखरा उद्योगा वाणिज्य संघको आसन्न ३३ औं महाधिबेशनका लागि स्वतन्त्र उम्मेदवार बनेका युवा व्यवसायी सुदिप प्रधानाङ्ग यति बेला उत्साहित बनेका छन् ।

कार्यसमिती सदस्य पदका उम्मेदवारमा उम्मेदवारी दिएका सुदिप यतिबेला मत माग्दै व्यवसायीहरुको घरदैलो र पसलमा पुगिरहेका छन् । व्यवसायीहरुले उनलाई मतदान गर्ने विश्वास दिलाएपछि सुदिप उत्साहित बनेका हुन् ।

पोखराको तेर्सापट्टी, बगर, सर्वेश्वर मार्ग पन्थी गल्ली , पृथ्वीचोक लगायतका क्षेत्रमा अहिले सम्म उनले घरदैलो गरि सकेका छन् । जहाँ पुग्छु त्यहाँका व्यवसायीहरुले दिनुभएको बचनले आफु उत्साहित भएको उनले सुनाए ।

तेर्सापट्टीका फर्निचर व्यवसायी श्रीकृष्ण कतिला यो पटकको कार्यसमिती सदस्य पदमा सुदिप प्रधानाङ्गलाई मत दिने पक्षमा छन् । कार्यसमिती सदस्य पदका लागि भएका ले १० जनामा रोजेर सुदिपलाई नछुटाई मतदान गर्ने मनसाय उनले प्रकट गरे । युवा प्रतिनिधित्व अहिलेको आवश्यकता भएकाले पनि युवा उम्मेदवारलाई जिताउनुपर्ने उनको भनाइ रहेको छ ।

यस्तै बगरमा भेटिएका किराना व्यवसायी जीवन ध्वजु पनि यतिबेला स्वतन्त्र युवा उम्मेदवारलाई मतदान गर्ने पक्षमा छन् । उनले सुदिप प्रधानाङ्गले युवाको प्रतिनिधित्व गरि उम्मेदवारी दिएकाले सुदिपलाई नै मतदान गर्ने बताए । यसैगरि पन्थी गल्लीका कपडा व्यवसायी प्रल्हाद कायस्थले पनि सक्षम नेतृत्व सहित युवाहरुको सहभागिता मात्रै पोखरा उद्योग वाणिज्य संघको गरिमा उच्च हुने हुदा सुदिप प्रधानाङ्ग जस्तो युवा व्यवासायीले जित्नुपर्नेमा दुइमत नभएको सुनाए ।

मोहोरिया टोलका सुनचाँदी व्यवसायी रञ्जन बुद्धाचार्यको राय पनि उस्तै छ । बुद्धाचार्य पनि सक्षम नेतृत्व र नया पुस्ताको आगमनले नै व्यावसयिक हकहितलाई ध्यान दिन सक्ने हुँदा सहित नेतृत्व चयन गरि युवा पुस्तालाई कार्यसमिती सदस्यमा सुदिपलाई देख्न चाहेको बतााए ।

पौष २४ र २५ गते हुने पोखरा उद्योग वाणिज्य संघको निर्वाचनका लागि यतिबेला व्यवसायीहरु दुइ प्यानलमा निर्वाचनमा होमिएका छन् । स्वतन्त्र उम्मेदबार सुदिप प्रधानाङ्ग कुनै पनि प्यानलमा नलागी घरदैलो गरिहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।