पोखरा । पोखराका बरिष्ठ फिजियोथेरापी चिकित्सक डा. खड्ग गुरुङ सम्मानित भएका छन् । चितवनको भरतपुरमा हालै सम्पन्न नेपाल फिजियोथेरापी एशोसियसनको एघारौं अन्तर्राष्ट्रिय कन्फरेन्समा सम्मानित घोषणा भएका डा. गुरुङलाई शनिवार नेपाल फिजियोथेरापी संघ, गण्डकी प्रदेश समितिले एक समारोहको आयोजना गरि कदर पत्र हस्तान्तरण गरेको हो ।
नेपाल फिजियोथेरापी एशोसियसनले गण्डकी प्रदेशमा, नेपाल फिजियोथेरापी संघ, गण्डकी प्रदेशको अध्यक्षको भूमिकामा रहि फिजियोथेरापी पेशा एवं फिजियोथेरापी चिकित्सकहरूको विकासको निम्ति विशिष्ट योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरेको बताएको छ । एसोसियसनका अध्यक्ष लक्ष्मण अधिकारी र महासचिव बिनय कंडेलद्वारा हस्ताक्षरित कदर पत्रमा डागुरुड।बाट आगामी दिनमा पनि सक्रिय योगदानको अपेक्षा सहित उत्तरोतर प्रगतिको कामना गरेको छ ।
एसोसियसनको सम्मान ग्रहण गर्दै हरियोखर्क र फिस्टेल हस्पिटलमा कार्यरत बरिष्ठ फिजियोथेरापिष्ट डा गुरुड।ले शनिवारदेखि नै हरियोखर्क अस्पतालको जिम्मेवारीबाट स्वेच्छिक अवकास लिएको घोषणा गरेका छन् ।
उनी अब फिस्टेल हस्पिटल गैह्रापाटनमा मात्र सेवारत रहने बताइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रिमियम मोटरसाइकल ब्रान्ड सीएफमोटोले पोखराको बिक्री, सर्भिस र स्पेयर पार्ट्ससहितको ३एस आउटलेट…







