राप्रपा अध्यक्ष कमल थापा शनिबार पोखरा आउने


     एभरेस्ट आवाज    
     पौष २४ गते २०७७ मा प्रकाशित




पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रयि अध्यक्ष कमल थापा शनिवार पोखरा आउने भएका छन् ।

पार्टी समायोजनपछि हुन लागेको झण्डोत्तर, चुनावचिन्ह हलोको अनावरण गर्ने र पार्टीका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिन थापा पोखरा आउनु लागेको जिल्ला पार्टी नेता देवेन्द्र किशोर बास्तोलाले जानकारी दिए ।

थापाले शनिबार बुद्धचोकस्थित कान्तिपुर पार्टी प्यालेसमा बिहान ११ बजे आयोजना हुने कार्यक्रमको उद्घाटन गर्ने राप्रपा कास्कीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।