जनएकता बचत तथा ऋण सहकारीको अध्यक्षमा श्रेष्ठ


     एभरेस्ट आवाज    
     पौष २५ गते २०७७ मा प्रकाशित




जनएकता बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभा तथा पाँचौं अधिवेशनले सर्वसम्मत नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ । अध्यक्षमा करुणाकुमार श्रेष्ठ, उपाध्यक्ष सुनिल पाण्डे, सचिव मुक्तिप्रसाद पनेरु र कोषाध्यक्ष हरिशरण श्रेष्ठ छन् ।

४ वर्षे कार्यकालका लागि सदस्यमा बलिराम चौधरी, सुशीला प्रधानांग, निरोज मैनाली, रचना श्रेष्ठ, मिस्टरराज वन्त, कुलचन्द्र शर्मा र दीपक पहारी छन् । सहकारीको लेखा समिति संयोजकमा मनबहादुर थापा र सदस्यद्वय ज्योति शेरचन र बमबहादुर छन्त्याल छन् । अधिवेशनबाट हरिशरण श्रेष्ठ ऋण लगानी उपसमिति संयोजक र रामकाजी गुरुङ र मिस्टरराज वन्त सदस्य निर्वाचित भएका छन् । नीलप्रसाद श्रेष्ठ संयोजक रहेको निर्वाचन मण्डलको सहजिकरणमा सर्वसम्मत समिति चुनिएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।