लायन्स गतिशिल मञ्जरीको न्यानो कपडा सहयोग


     एभरेस्ट आवाज    
     पौष २५ गते २०७७ मा प्रकाशित




पोखरा, पौष २५
लायन्स क्लब अफ गतिशिल मञ्जरीले अकला आधारभूत विद्यालयमा न्यानो कपडा वितरण कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।
पोखरा १९ लामाचौरस्थित विद्यालयका ३० विद्यार्थीलाई न्यानो कपडा वितरण गर्दै को-चिफ एड्भाइजर विनोद ढुङ्गानाले ग्रामीण भेगका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लायन्स गतिशिल मन्जरीले गरेको कार्यक्रमको स्वागत र समर्थन गर्दै प्रशंसा गर्नुभयो । अर्का को-चिफ एड्भाइजर सुचित्रा थापाले लायन्स आफैमा सामाजिक संस्था भएको र यस्ता विद्यालयमा सहयोगको हात बढाउनु आफैमा प्रशंसनीय भएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक सीता काफ्लेले विद्यालय पोखरा महानगरपालिकामा भएपनि ग्रामीण क्षेत्रको विद्यालय भएको र यहाँ अध्ययनरत विद्यार्थीहरुका निम्ति लायन्स क्लबले सहयोगका हात बढाएर आएकोमा धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा क्लष्टर प्रमुख सुरेन्द्रमान सिंह भण्डारी, जोन चियर पर्सन भागिरथी सुवेदी, कमिटि चियरपर्सन चन्द्रकला सुवेदी, पुनम राणा बस्नेत, रिजन चियरपर्सन विष्णु पराजुली, लगायतका वक्ताहरुले आ आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । लायन्स क्लब अफ गतिशिल मञ्जरीका अध्यक्ष तथा कार्यक्रमका सभापति सुनिता देवकोटाले नवप्रवेशी सदस्य विष्णु पराजुली, विनिता कोइराला र गिता बराललाई क्लबमा स्वागत गर्नुभएको थियो । कार्यक्रममा लायन्स क्लब अफ गतिशिल मञ्जरीका सदस्य तथा विद्यालयका शिक्षक लगायतका विभिन्न व्यक्तित्वहरुको यपस्थिति रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।