कप्तान ज्ञानेन्द्र, पूर्व कप्तान पारससहित नेपालका ९ क्रिकेटर पीएसएलको ड्राफ्टमा


     एभरेस्ट आवाज    
     पौष २६ गते २०७७ मा प्रकाशित




पाकिस्तानको टी–२० फ्रेञ्चाइज लिग पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा नेपालका ९ क्रिकेटर परेका छन्।

पीएसएलले शनिबार सार्वजनिक गरेको ड्राफ्टमा नेपालका ९ खेलाडी समावेस भएका हुन्।

यसअघि, सन्दीप लामिछाने पीएसएलको सर्वाधिक महँगो श्रेणी प्लाटिनममा समावेश भएको सार्वजनिक गरिएको थियो। शनिबार थप ८ खेलाडी पनि पीएसएलको ड्राफ्टमा परेका छन्।

८ जना खेलाडी नै सिल्भर श्रेणी (विदेशीमा परेका छन्। जसमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, पूर्वकप्तान पारस खड्कासहित अभिनास बोहरा, करण केसी, कुशल मल्ल, पवन सर्राफ र सुवास खकुरेल छन्।

सिल्भर श्रेणीको मूल्य २५ देखि ३५ हजार अमेरिकी डलर हुनेछ। सन्दीप समावेश प्लाटिनम श्रेणीको भने १ लाख ४० हजार डलरदेखि २ लाख ८ हजार डलर मूल्य हुनेछ।

पीएसएलको ड्राफ्ट आइतबार दिउँसो साढे चार बजेदेखि सुरु हुनेछ। लाहोरमा हुने ड्राफ्टमार्फत ६ टिमले खेलाडी भित्राउनेछन्। ड्राफ्टअघि सबै टिमले अधिकतम ८ खेलाडी रिटेन गरेका छन्। बाँकी खेलाडी ड्राफ्टबाट लिनु पर्नेछ।

एक टिमले तीन जना खेलाडी प्लाटिनम श्रेणीबाट लिन पाउनेछ। यस्तै डाइमन्डबाट ३, गोल्डनबाट ३, सिल्भरबाट ५ र इमर्जिङबाट २ जना खेलाडी राख्न पाउनेछ।

यससिजनको पीएसएल २० फेब्रुअरीदेखि सुरु हुँदैछ। पीएसएलमा कराची किङ्स, क्वेटा ग्लाडिएटर्स, इस्लामावाद युनाइटेड, मुल्तान सुल्तान्स, पेरावर जल्मी र लाहोर क्वालन्डर्सबीच प्रतिस्पर्धा हुनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।