पो.उ.वा.संघको १५८१ मतगणना सकियो, कसको कति मत ? हेर्नुहोस्


     एभरेस्ट आवाज    
     पौष २६ गते २०७७ मा प्रकाशित




पोखरा उद्योग वाणिज्य संघको नया नेतृत्वका लागि भएको मतदानको मतगणना जारी छ । मत गणना अन्तर्गत अहिले कार्यकारिणी सदस्यको मतगणना भइरहेको हो । हालसम्म १ हजार ५ सय ८१ मत गणना सकिएको छ ।

पछिल्लो मत परिणाम अनुसार शोभा गौतम र देवेन्द्र केसीले सर्वाधिक मत प्राप्त गरेका छन् । १ हजार ५ सय ८१ मत गणना सकिदा गौतमले १ हजार २ सय २५ मत प्राप्त गरेकी छन् भने केसीले १ हजार २ सय १४ मत प्राप्त गरेका छन् ।

त्यस्तै, कुमारी मुना बास्तोलाले १ हजार १ सय ७७, स्वतन्त्र उमेदवार उत्तममान बुद्धाचार्यले १ हजार १ सय ३७, हरिराज पन्तले १ हजार २०, सुदीप प्रधानाङ्गले १ हजार ४ मत प्राप्त गरेका छन् ।

यसैगरी, भरत केसीले ९ सय ४१, दीनेशचन्द्र बास्तोलाले ९ सय ५७, सुदनबहादुर कोईरालाले ९ सय १७, कीर्तिबल्लभ त्रिपाठीले ८ सय ९७, ऋषिराम शर्मा भण्डारीले ८ सय ८३, पवित्रादेवी गुरुङले ८ सय ८२, रामेश्वर अधिकारीले ८ सय १७ मत प्राप्त गरेका छन् ।

सदस्य पदका अन्य उमेदवारहरु बिनोद केसीले ६ सय ५१, उत्तम सेवक कार्कीले ६ सय ४० र रामचन्द्र गौतमले सबैभन्दा कम ५ सय ६० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

संघको पदाधिकारीको मतगणना भने गर्न बाँकी छ । कार्यकारिणी सदस्यको मत गणना सकिएपछि मात्रै पदाधिकारीको मत गणना हुने निर्वाचन समितिका संयोजक तीर्थ श्रेष्ठले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।