युथ कम्युनिटी क्लवमा आवद्ध सदस्यलहरुलाई अन्नपूर्ण चिल्ड्रेन एण्ड वुमन्स हस्पिटलमा उपचारमा छुट दिइने भएको छ । पोखरामा रहेको सो हस्पिटलमा क्लवका सदस्यहरुको उपचार गर्नुपर्ने भए हस्पिटलको सेवा तथा वेडमा १५ प्रतिशत छुट दिइने भएको हो । त्यस्तै, प्याथोलोजीमा १२ प्रतिशत, रेडियोजी विभागमा १२ प्रतिशत र औषधीहरुमा १० प्रतिशत छुट दिने सहमति पत्रमा हस्ताक्षर भएको क्लवका अध्यक्ष पूर्ण श्रेष्ठले जानकारी दिए । सम्झौतामा क्लवका तर्फबाट कार्यक्रम संयोजक सुशीला केसी र हस्पिटलका डाइरेक्टर डा.शंकर पौडेलले हस्ताक्षर गरेका छन् ।
सो अवसरमा वोल्दै युथ कम्युनिटी क्लवका व्यापार प्रवद्र्धन संयोजक शुसिला केसीले युवा ब्यवसायीहरुबीच साथ सहयोग र सहकार्यका लागि भन्ने मुल नाराका साथ गठन भएको युथ कम्युनिटी क्लवले युवाहरुलाई संगठित गरी ब्यापार व्यवशायमा लाग्दै गरेको र अन्नपूर्ण हस्पिटलसंगको सहकार्यले युवाहरुलाई थप हौसला मिलेको वताइन । क्लवमा हाल ३ सय सदस्य आवद्ध रहेको उनले जानकारी दिइन ।
अन्नपूर्ण चिल्ड्रेन एण्ड वुमन्स हस्पिटलका डाइरेक्टर डा.शंकर पौडेलले कम्युनिटीमा आवद्ध सदस्यहरुले यो सम्झौताबाट कुनैपनि सेवामा छुट पाउने बताउदै यो अवसर आगामि दुइ वर्ष सम्म लागु हुने वताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







