पोखरा उद्योग वाणिज्य संघको उप महासचिवमा केशबबहादुर खत्री बिजयी भएका छन् । प्रतिष्पर्धी उमेदवार गृहलक्ष्मी ग्यास उद्योगका सञ्चालक धर्मराज बर्तौलालाई ३ सय मतले पछि पार्दै खत्री बिजयी भएका हुन् । निर्वाचित खत्रीले एक हजार ३ सय १३ मत प्राप्त गरेका छन् भने उनका प्रतिष्पर्धी बर्तौलाले १ हजार १३ मत प्राप्त गरेको श्रोतले बताएको छ । यद्यपी निर्वाचन समितिले खत्रीलाई औपचारिक रुपमा बिजयी घोषणा भने गरिसकेको छैन ।
अन्य पदमा मत गणना जारी रहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमशृङ्ला र फराकिला पाटनले परिचित बागलुङको ढोरपाटनमा…







