पोखरा उद्योग वाणिज्य संघको सदस्यमा कोइराला प्यानलले बर्चस्व जमाएको छ । संघको शनिबार भएको मतदानको आईतबार गरिएको मत गणनामा कोईराला प्यानलका अधिकांस सदस्यहरु बिजयी भएका हुन् । खुल्ला १० सदस्यीय पदका लागि कोइराला प्यानलका ७ जना बिजयी भए भने सुवेदी प्यानलबाट १ र स्वतन्त्र २ जना उमेदवार बिजयी भए ।
कोईराला प्यानलकी शोभा गौतम सर्वाधिक १ हजार ७ सय मत प्राप्त गरेर सदस्यमा निर्वाचित भएकी छन् । त्यस्तै कोइराला प्यानलकै देवेन्द्र केसी १ हजार ६ सय ८५, कुमारी मुना बास्तोला १ हजार ६ सय २६ मत ल्याएर बिजयी भएका छन् ।
संघको अन्य सदस्यमा हरिराज पन्त १ हजार ३ सय ८८, भरत केसी १ हजार ३ सय २३, दीनेशचन्द्र बास्तोला १ हजार २ सय ८२, सुदनबहादुर कोइराला १ हजार २ सय ६६ मत प्राप्त गरेर बिजयी भए ।
विन्दु कोइराला सुवेदी प्यानलकी पवित्रादेवी गुरुङ १ हजार २ सय ४१ मत प्राप्त गर्दै बिजयी भएकी छन् । स्वतन्त्र उमेद्वार उत्तममान बुद्धाचार्य १ हजार ५ सय ९७ र सुदीप प्रधानाङ्ग १ हजार ४ सय १४ मत प्राप्त गरेर बिजयी भएका छन् ।
संघको सदस्यमा पराजित कीर्तिबल्लभ त्रिपाठी १ हजार २ सय ३८, ऋषिराम भण्डारीले १ हजार १ सय ८२, रामेश्वर अधिकारीले १ हजार १ सय ११, विनोद केसीले ९ सय २७, उत्तम सेवक कार्कीले ९ सय १३ र रामप्रसाद गौतमले सबैभन्दा कम ८ सय मत प्राप्त गरे ।
संघको पदाधिकारीको मतगणना भने जारी छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमशृङ्ला र फराकिला पाटनले परिचित बागलुङको ढोरपाटनमा…







