पोखरा ।भाषा संघ नेपाल(जापानी भाषा)को पाँचौं साधारणसभा आइतवार पोखराका सम्पन्न भएको छ ।ब
साधारणसभाको उद्घाटन गर्दै संघका संस्थापक अध्यक्ष युवराज खनालले संघको महत्वमाथि प्रकाश गर्दै एकतामा नै शक्ति औँल्याए। उनले विधी र प्रक्रिया मिलाएर हाल संस्थामा कायम रहेका दुई प्रकृतिका सदस्यः आजीवन र साधारणलाई व्यवस्थित गरी एउटै प्रकृतिका निर्माण गर्नुपर्ने पनि जनाए ।
संघमा पोखरा स्थित सबै जापानी भाषा इन्टिचिउडलाई समेट्नुपर्ने उनको धारणा थियो ।
सल्लाहकार विक्रम उदासले विषम परिस्थतीलाई ख्याल गरी सामाजिक दुरी कायम राख्दै संघका क्रियाकलापलाई निरन्तरता दिनुपर्ने बताए ।त्यस्तै उनले संघलाई आर्थिक रुपमा पनि बलियो बनाउनुपर्ने औँल्याए ।
त्यस्तै अर्का सल्लाहकार युवराज पौडेलले संस्थाले अग्रजहरुलाई सम्मान गर्दै जानुपर्ने भनाई राख्दै संस्था अन्र्तगत रहेका ४ विभागलाई सक्रिय बनाउनुपर्ने धारणा राखे ।
उक्त अवसरमा संघका द्वितीय उपाध्यक्ष सृजन भन्साकार्यद्वारा प्रस्तुत आजीवन सदस्यता सम्बन्धी प्रस्ताव, महासचिव मोतिप्रसाद श्रेष्ठद्वारा प्रस्तुत वार्षिक कार्ययोजना सहितको प्रतिवेदन एवम् कोषाध्यक्ष निलम बाटाजुले प्रस्तुत गरेको वार्षिक आर्थिक प्रतिवेदन छलफल सहित अनुमोदन भयो ।
त्यस्तै साधारण सदस्यद्वय कमल वराल र पूर्णबहादुर थापाले पनि संघको आवश्यकता माथि प्रकाश पारेका थिए ।
संस्थाका अध्यक्ष प्रकाशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष पूर्णचन्द्र न्यौपानेले स्वागत तथा सचिव बालकृष्ण शर्माले कार्यक्रम संचालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ३० गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६४ प्रतिशत…





