गण्डकी । माझठाना पोखरा सम्पर्क समाजको नवौ बार्षिकोत्सवको अवसरमा आयोजित बृहत रक्तदान कार्यक्रम ५६ युनिट रगत संकलन भएको छ । अमर सिहचोकमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा सो रगत संकलन भएको हो ।
नेपाल रेडक्रस सोसाईटी रामघाटको प्राविधिक सयोगमा भएको कार्यक्रमको समाजका सल्लाहकार प्रा.डा. निर्मल लामिछाने र पोखरा २८ का वडाअध्यक्ष श्रीकृष्ण लामिछानेले रक्तदातालाई व्लडव्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
रक्तदान जीवनदान भन्ने नाराका साथ आयोजित कार्यक्रमका सहभागि रक्तदातालाई समाजका सल्लाहकार, पदाधिकारी लगायत समाजिक एवम् शिक्षापे्रमीहरुबाट प्रमाणपत्र वितरण गरिएको थियो ।
माझठानालाई जन्मभूमि भई पोखरामा विभिन्न पेशा व्यवसायमा संलग्नहरुको सो संस्थाले आप्mना सदस्यहरुको हक अधिकारको सुरक्षित गर्दै सामाजिक, शैक्षिक एवम् स्वास्थ्य लगायतका क्षेत्र काम गर्दै आएको समाजका अध्यक्ष भोला ओझाले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रिमियम मोटरसाइकल ब्रान्ड सीएफमोटोले पोखराको बिक्री, सर्भिस र स्पेयर पार्ट्ससहितको ३एस आउटलेट…







