गण्डकी मेडिकल कलेजले पोखराद्वारा शुक्ला साहित्यलाई सहयोग


     एभरेस्ट आवाज    
     माघ १९ गते २०८० मा प्रकाशित




पोखरा । गण्डकी मेडिकल कलेजले पोखराको वाटुलेचौरमा रहेको शुक्ला साहित्य प्रतिष्ठानलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

प्रतिष्ठानले शनिवार आयोजना गर्न लागेको शक्तिपिठहरुको दर्शन तथा साहित्यीक अवलोकन भ्रमण कार्यक्रमलाई लक्षित गरी प्राथामिक उपचारका औषधी सहित सामाग्री हस्तान्तरण गरेको हो ।

औषधी र मास्क सहितको सामाग्री कलेजका प्राचार्य डा. रविन्द्र प्रसाद श्रेष्ठले प्रतिष्ठानका सदस्य कवि एवं पत्रकार रामप्रसाद पौडेललाई शुक्रवार हस्तान्तरण गरे ।

प्राचार्य श्रेष्ठले साहित्यीक संस्थालाई सहयोग गर्न पाएकोमा खुशी लागेको बताए । सामाग्री बुझ्दै कवि पौडेलले कलेजले गरेको सहयोग प्रति धन्यवाद दिदैं, प्रतिष्ठानको भ्रमण उपलब्धीमुलक हुने बताए ।

साहित्यीक गतिविधीमा क्रियाशिल प्रतिष्ठानले शनिवार सदस्य सहितका साहित्य अनुरागीलाई शक्तिपिठहरुको दर्शन तथा साहित्यीक अवलोकन भ्रमणमा लैजाने जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।