नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीले दैनिक उपभोग्य बस्तु ढुवानी गर्ने सवारी साधनको स्वरुप परिवर्तन गर्न पाउनुपर्ने माग गरेको छ ।
महासंघ गण्डकीले मंगलबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतलाई ज्ञापनपत्र बुझाउँदै उपभोक्ताहरु लाई घरदैलोमा उपभोग्य बस्तुहरु पु¥याउने विभिन्न ढुवानीका साधनहरुको स्वरुप परिवर्तन गरि हट टप, सफ्ट टप, खन्डे जाली, भ्यान्टिलेसन, ढोका, ¥याक, छाना निर्माण गरि सन्चालन गर्न पाउनुपर्ने माग गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले दैनिक उपभोग्य बस्तु ढुवानी गर्ने सवारी साधनको स्वरुप परिवर्तन गर्दा ट्राफिक प्रहरीले हरेकपटक १ हजार रुपैयाँ जरिवाना तिराउनु व्यवहारिक नभएको जिकिर गरे । पोखरा पानीपर्ने ठाउँ भएको र खुल्ला रुपले सामान ढुवानी गर्दा समस्या पर्ने गरेको बताउँदै उनले व्यवसायीलाई दुःख दिने काम बन्द गर्न आग्रह पनि गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमशृङ्ला र फराकिला पाटनले परिचित बागलुङको ढोरपाटनमा…







