गोरखामा रुख ढलेर च्याप्दा एकको मृत्यु


     एभरेस्ट आवाज    
     पौष २९ गते २०७७ मा प्रकाशित




गोरखा । गोरखामा रुख काट्ने क्रममा च्यापिएर एक जनाको ज्यान गएको छ ।

गोरखाको भिमसेन थापा गाउँपालिका–३ तान्द्राङमा स्थानिय नरबहादुर सार्कीको खेतमा रहेको सालको रुख काट्ने क्रममा १८ वर्षका एक युवकको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

पाँचथर घर घर भई विगत १० दिनदेखि सोही ठाउँमा रुख काट्ने काम गर्दै आएका उमेश राईको काट्दै गरेको रुख ढलेर च्याप्दा मृत्यु भएको हो ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।