शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा कार्य गर्दै आइरहेको नेलम्बो नेपालले कास्कीका तीन वटै गाउँपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा स्वास्थ्य सामग्री वितरण गरेको जनाएको छ । नेलम्बो नेपालले अन्नपूर्ण, मादी र रुपा गाउँपालिकामा रहेका सम्पूर्ण सामुदायिक विद्यालयहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरिसकेको जनाएको हो । त्यस्तै पोखरा महानगरपालिका केही वडा तथा सामुदायिक विद्यालयहरुलाई पनि स्वास्थ्य सुरक्षाका सामग्रीहरु वितरण भइरहेको नेलम्बो नेपालले जनाएको छ ।
पछिल्लोपटक नेलम्बो नेपालले पोखरा महानगरपालिका वडा नम्बर १३ नं. स्थित भद्रकाली माध्यमिक विद्यालयमा स्वास्थ्य सामग्री वितरण गरेको छ । सो विद्यालयका भूपू विद्यार्थीहरु सुमन श्रेष्ठ, हिमेश, सन्तोष, विकेश लगायतका विद्यार्थीहरुको सहकार्यमा र नेलम्बो नेपालको सहयोगमा ३६ हजार ६ सय ३ रुपैयाँ बराबरका स्वास्थ्य सुरक्षाका सामग्रीहरु मास्क, सेनिटाइजर, केएन ९५ माक्स, डिस्पोजिवल मास्क, फेसशिल्ड, हातधुने साबुन, स्पे्रबोतल, थर्मल गन, हेण्ड्स फ्रि सेनिटाइजर स्ट्याण्डलगायतका सामग्री वितरण गरेको हो । बुधबार विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापकलाई नेलम्बो नेपालका जनसम्र्पक अधिकृत भीमप्रसाद भण्डारी र भूपु विद्यार्थी सुमन श्रेष्ठ लगायतको टिमले सो सामग्री हस्तान्तरण गरेका थिए । ।
यसैगरी नेलम्बो नेपालले पोखरा महानगर पालिका वडा नं. २ मा रहेको विन्ध्यावासिनी मा.वि लाई पनि रु २२ हजार २८० रुपैया बराबरका स्वास्थ्य सुरक्षाका सामग्रीहरु वडा नं. २ का अध्यक्ष रामेश्वर मल्ल र प्रधानाध्यापक वसन्तराज पाण्डेलाई नेलम्बो नेपालका जन सम्र्पक अधिकृत भीम प्रसाद भण्डारीले हस्तान्तरण गरे ।
त्यस्तै, नेलम्बो नेपालले पोखरा महानगरपालिका वडा नं. ९ लाई रु १३ हजार ४९० रुपैया बराबरका स्वास्थ्य सुरक्षाका सामग्रीहरु वडा अध्यक्ष रामराज लामिछानेलाई प्रदान गरेको छ । सामग्रीहरु ग्रहण गर्दै अध्यक्ष लामिछानेले हाल वडा कार्यलयबाट राष्ट्रिय परिचय पत्र वितरण कार्य भइरहेको समयमा सेवाग्राहीहरुको चाप बढ्ने भएकाले उपलब्ध स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रयोग गरेर स्वास्थ्य सतर्ककता अप्नाउँदै कामलाई निरन्तरता दिने बताए ।
त्यसैगरी, पोखरा महानगरपालिका वडा नं ६ बैदाममा रहेको श्री शुभकामना विद्यालयलाई नेलम्बो नेपालले १५ हजार २२५ रुपैया बराबरका स्वास्थ्य सुरक्षाका सामग्रीहरु विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष मेनुका पहारीलाई संस्थाका जनसम्र्पक अधिकृत भीम प्रसाद भण्डारीले हस्तान्तरण गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







