पोखरामा बालिकाको कानका गहना चोरेको आरोपमा पक्राउ


     एभरेस्ट आवाज    
     पौष २९ गते २०७७ मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । पोखरामा बालिकाले लगाएको सुनका गहना चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–७ घारीपाटनकी रमिला पौडेलकी पाँच वर्षिया छोरीलाई ललाई फकाई गरि कानमा लगायका सुनका मुन्द्रा चोरी गरि फरार रहेको आरोपमा पोखरा–११ पूmलबारीकी वर्ष २२ की एलिसा गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीले पोखराको रानीपौवामा सुन पसल सञ्चालन गरि बस्ने वर्ष ३० का बिजय सुनारलाई पनि सोही घट्नामा संलग्न भएको आरोपमा अनुसन्धानका लागि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवत्ता प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए ।

पुस २७ गते पृथ्वीचोक स्थित पोखरा मलभित्रबाट गुरुङले नाबालिकालाई ललाई फकाई गरि एकान्तमा पारेर उनले लगाएका सुनका मुन्द्रा फुकालेर भागेको पिडित पक्षको आरोप छ । सोही उजुरीका आधारमा खोजतलास गर्ने क्रममा गुरुङ पोखराको पालिखेचोकबाट सोही साँझ ५ः३० बजे पक्राउ परेकी हुन् । भने सुनारलाई पोखरा ११ बाट पुस २८ गते नियन्त्रणमा लिइएको निमित्त प्रवत्ता केसीले जानकारी दिए ।

पक्राउ परेका दुबै जनालाई चोरी तथा डाँका सम्बन्धी कसूर अन्र्तगत जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।