आज ‘विश्व मिर्गौला दिवस‘ मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ आज विश्व मिर्गौला दिवस मनाइँदै छ । विभिन्न कार्यक्रम गरी बर्सेनि मार्च १४ गते यो दिवस मनाइँदै आएको छ । यो वर्ष पनि नेपालमा विभिन्न कार्यक्रम गरी विश्व मिर्गौला दिवस मनाइँदै छ ।
सामान्यतया खानपानका कारणले मिर्गौला खराब हुने चिकित्सकहरूले बताएका छन् । पानी कम खानु, मद्यपान, धूम्रपान, दुखाई कम गर्ने औषधिको प्रयोग बढी गर्नले मिर्गौला खराब हुने जोखिम बढ्छ । यस्तै, यो रोग जेनेटिक पनि हुन सक्छ, आमाबाबुको मिर्गौलामा समस्या भएमा सन्तानमा पनि देखिन्छ । अस्वस्थ खानपान, रक्तचाप, मधुमेह, पत्थरी लगायत कारणले मिर्गौलामा समस्या देखिन्छ ।
विश्वमा प्रत्येक १० जनामध्ये १ जनालाई मिर्गौला रोग लाग्ने तथ्याङ्क छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा भोलि शनिबार आयोजना हुन लागेको ‘गन्धर्व गुञ्जन’ कार्यक्रम स्थगित भएको छ…






