सिद्धार्थ क्लबको रक्तदान कार्यक्रममा ६६ यूनिट रगत संकलन


     एभरेस्ट आवाज    
     चैत्र १ गते २०८० मा प्रकाशित




पोखरा । सिद्धार्थ क्लब पोखराको आयोजनामा भएका रक्तदान कार्यक्रममा ६६ युनिट रगत संकलन भएको छ ।

क्लवले सिद्धार्थटोल टोल विकास संस्था, भवानी आमा समूह, बगालेटोल दिदी बहिनी समूहको सह–आयोजना र ने.रे.सो. कास्की प्रदेशीय रक्त संचार सेवा, पोखराको प्राविधिक सहयोगमा पोखरा–४ मानवअधिकार चोकमा आज सञ्चालन गरेको कार्यक्रम उक्त रगत संकलन भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष रुद्रनाथ बरालले प्रथम रक्तदाता तथा क्लबका कोषाध्यक्ष सुनिल श्रेष्ठलाई ब्लड व्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रम शुभारम्भ गरेका थिए ।

सोही अवसरमा बरालले सिद्धार्थ क्लबको बाल,शिक्षा, महिला स्वास्थ्य लक्षित कार्यक्रमहरुको प्रशंसा गर्दै क्लबका सामाजिक रुपान्तरणका कार्यक्रमहरुमा वडा कार्यलयबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

त्यसैगरी ईन्दिरा मर्सानी श्रेष्ठले समाजमा रगतको आवश्यकता भएको बेला रगत अभावकै कारणले हुन सक्ने मानवीय क्षतिलाई न्यूनिकरण गर्ने उद्धेश्यले क्लबले स्थापना काल देखि नै नियमित तथा आकस्मिक रक्तदान कार्यक्रमहरु गरेको दाबी गरिन् ।

संयोजक दिनेश श्रेष्ठको संयोजकत्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य क्लबका प्रथम उपाध्यक्ष देवेन्द्र पराजुलीले राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव विनोद प्रसाद श्रेष्ठले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।