पोखरा । बुद्व विशाल बजार व्यापारिक एशोसिययसनले दशौ पटक आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट रगत संकलन भएको छ ।
कार्यक्रममा गण्डकी प्रदेशकी सभासद सरस्वती गुरूङले पहिलो रक्तदाता बुद्व विशाल बजार व्यापारिक एशोसिययसनका सल्लाहकार माधब सिग्देललाई ब्लड ब्याग हस्तान्त्रण गरी कार्यक्रम उद्घघाटन गरेकी थिइन् । कार्यक्रममा बोल्दै सांसद रगत दान जीवनको सवैभन्दा ठुलो दान भएको बताउदै आफ्नो तर्फबाट यशोयिसनलाई आवश्यक परेको खण्डमा सहयोग गर्ने प्रतिवद्वता प्रकट गरेकी थिईन् ।
रक्तदान कार्यक्रममा बोल्दै बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका निर्वतमान अध्यक्ष तथा मानार्थ सदस्य केशव बहादुर खत्रीले बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनले यो वर्ष आफ्नो रजत महोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व बहन गर्दे दशौ पटक यो रक्तदान कार्यक्रम आयोजना गरीएको बताए ।
सोही अवसरमा बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका सल्लाहकार माधव सिग्देल, कस्मेटिक व्यवसायी संघकी अध्यक्ष दुर्गा बराल फेन्सी तथा रेडिमेड व्यवसायी संघका अध्यक्ष एकनारायण पनेरू लगाएतले बोलेका थिए ।
बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष ईन्द्रराज अर्यालको सभापतित्वमा भएको कार्यक्रममा एशोसियसनका उपाध्यक्ष बुद्वि बहादुर कुंवरले स्वागत मन्तव्य राखेका थिए भने सचिव तथा कार्यक्रम संयोजक थमनसिह गुरूङले कार्यक्रम सन्चालन गरेका थिए ।
कार्यक्रममा रक्त संचार केन्द्र पोखराका वरिष्ठ प्राविधिक महेन्न्द्र केसीको टोलिले बिशेष सयोग गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


जिल्ला समन्वय समिति कास्कीमा जिल्लामा क्रियाशिल गैरसरकारी संस्थाहरूको बार्षिक समिक्षा कार्यक्रम सुरु…






