राष्ट्रिय माविको हीरक महोत्सव : एक वर्षमा विभिन्न २२ कार्यक्रम सम्पन्न गरिने स्थापनाको ७५ औ वर्ष


     एभरेस्ट आवाज    
     चैत्र ५ गते २०८० मा प्रकाशित




चैत ५ पोखरा । प्रवेशको अवसरमा हीरक महोत्सव मनाइरहेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले महोत्सव वर्षभरि विभिन्न २२ कार्यक्रम गरि मनाउने भएको छ ।

२० मंसिर ०८० मा आफनो स्थापनाको ७४ औ वर्ष पुरा गरि ७५ औ वर्षमा प्रवेश गरेको विद्यालयले हीरक महोत्सव २० मंसिर ०८० देखि २० मंसिर ०८१ सम्म एक वर्ष विविध कार्यक्रम गरि मनाईरहेको छ । यस अघि गत २० मंसिरमा प्रभातफेरी सगै हीरक महोत्वको शुभारम्भ गरिएको थियो । एक वर्षमा गरिने २२ कार्यक्रम मध्ये विभिन्न १० कार्यक्रम सम्पन्न भएका छन् भने अन्य १२ कार्यक्रम आउदो २० मंसिरभित्र सम्पन्न गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणाले जानकारी दिए ।

महोत्सव अन्र्तगत प्रभातफेरि, विद्यालयका संस्थापक र जग्गा दातालाई सम्मान, खेलकुद सप्ताह, योग तथा जुम्बा, खुल्ला रक्तदान, संस्थापक सेक्रेटरी ऋषिकेशव पराजुलीको नामक पुस्तक विमोचन, स्वास्थ्य शिविर, पत्रकार भेटघाट, एचआइभी एड्स सम्बन्धि सचेतना मुलक प्रतिवद्धता र लक्ष्मी फिल्म प्रदर्शन, बृहत सरसफाई कार्यक्रम सम्पन्न भै सकेका मुल आयोजक समितिका उपाध्यक्ष शिवप्रसाद पराजुलीले जानकारी दिए ।

अव विद्यालयले ८ वैशाखमा वृहत पुनर्मिलन समारोह, वैशाख अन्तिम साता विद्यार्थीहरु बिचमा म्याराथन, जेठ दोस्रो साता जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता, असार दोस्रो साता अन्तर विद्यालय चित्रकला प्रतियोगिता, साउन दोस्रो साता अन्तर विद्यालय निवन्ध लेखन प्रतियागिता, भदौ पहिलो साता शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय समुदाय तथा सरोकारवालाहरुको विचमा शैक्षिक संवाद, भदौ तेस्रो साता अन्तर विद्यालय कविता प्रतियोगिता, असोज पहिलो साता अन्तर विद्यालय जिल्ला स्तरीय भलिबल प्रतियोगिता, कात्र्तिक पहिलो साता पुर्व विद्यार्थी/शक्षक, वर्तमान विद्यार्थी/शिक्षक/कर्मचारी तथा सरोकारवालाहरुका विचमा शुभकामना आदान प्रदान कार्यक्रम, कात्तिक दोस्रो साता चन्दादाता, विशिष्ट योगदान गर्ने महानुभावहरुलाई सम्मान तथा अभिनन्दन, १७ मंसिरमा विज्ञान प्रर्दशनी र २० मंसिर २०८१ मा स्मारिकका विमाचन सगै हीरक महोत्सव समापन गरिने विद्यालयका प्रधानाध्यापक ईश्वरी सापकोटाले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।