सृजना विकास केन्द्र सिमलचौर पोखराको नया कार्यसमितिलाई विहीबार पदस्थापन गरिएको छ । केन्द्रको नव निर्वाचित अध्यक्षसहित सम्पूर्ण पदाधिकारीलाई विहीबार एक कार्यक्रमकाबीच पदस्थापन गरिएको हो । निर्वाचन समितिका संयोजक बीरबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष मीनप्रसाद भट्टराईले नव निर्वाचित अध्यक्ष ईन्द्र पौडेललाई पदस्थापन गराए ।
केन्द्रको मंगलबार भएको अधिवेशनले अध्यक्षमा पत्रकारसमेत रहेका ईन्द्र पौडेल, प्रथम उपाध्यक्षमा अर्का पत्रकार कृष्ण थापा , द्वितीय उपाध्यक्षमा कमलादेवी गिरी, महाचिवमा चन्द्र गिरी, सचिवमा विश्व श्रेष्ठ, कोषाध्यक्षमा कृष्णमान लाई निर्विरोध निर्वाचित गरेको थियो । त्यस्तै समितिको सदस्यहरुमा सुशील बिजुक्षे, दानबहादुर गुरुङ, पार्वती बराल र अशोक श्रेष्ठलाई चयन गरेको थियो ।
पोखरा महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रुद्रप्रसाद बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जनप्रिय माविका विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तारा गिरी, केन्द्रका पूर्व अध्यक्ष सोमनाथ बराल, विश्वकुमार बिजुक्षे, नेकपा नेता तथा समाजसेवी परशुराम बराल, कांग्रेस नेता तथा समाजसेवी बिरेन्द्रनारायण बिजुक्षेलगायतले बोलेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







