पीएसजीले जित्यो फ्रेञ्च सुपर कपको उपाधि


     एभरेस्ट आवाज    
     माघ २ गते २०७७ मा प्रकाशित




पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेञ्च सुपर कपको उपाधि जितेको छ।

उपाधि भिडन्तमा मार्सेलीलाई २–१ गोलले पराजित गर्दै पीएसजीले उपाधि जितेको हो।

पीएसजीले कीर्तिमानी १० औं पटक उपाधि जितेको हो। खेलको ३९ मिनेटमा माउरो इकार्डीको गोलबाट पीएसजीले अग्रता लियो।

८५ मिनेटमा पीएसजीले पेनाल्टी पाएको थियो। इकार्डीलाई मार्सेलीका गोलकिपरले लडाएपछि प्राप्त पेनाल्टी अवसरमा नेइमारले गोल गरे।

मार्सेलीका लागि डिमिट्री पाएटले दोस्रो हाफको अन्त्यतिर गोल फर्काए पनि सो गोल सान्त्वनामै सीमित बन्यो।

केही समयअघि मात्रै पीएसजीको प्रशिक्षक नियुक्त भएका माउरिसियो पोचेटिनोले प्रशिक्षकको रुपमा पहिलो उपाधि जितेका हुन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।