आइकिडो आइकिकाईको पाँचौं सेमिनार सम्पन्न


     एभरेस्ट आवाज    
     चैत्र १२ गते २०८० मा प्रकाशित




काठमाण्डौं । आइकिडो आइकिकाई संघ नेपालको आयोजनामा पाँचौं अन्तराष्ट्रिय सेमिनार काठमाण्डौंमा सम्पन्न भएको छ ।

शनिबार र आइतबार गरि दुई दिनसम्म काठमाण्डौंमा सञ्चालन भएको जापानीज आत्मसुरक्षा मार्सल आर्टका रुपमा परिचित सेमिनारमा जापानको काइकिडो प्रधान कार्यालयका गुरु शासाकी सिहानले सहजिकरण गरेका थिए ।

यसअघि संघले पहिलो सेमिनार पोखरामा र त्यसपछिका सेमिनार काठमाडौंमा सञ्चालन हुँदै आएको सेमिनारमा जापान, नेदरल्यान, फ्रान्स, सिंगापुर लगायत नेपालका खेलाडीहरूको सहभागिता रहँदै आएको संघका सचिव तथा प्रशिक्षक बिनयकुमार श्रेष्ठले जानकारी दिए ।

आइकिडो खेल १४० देशमा १७ लाख भन्दा धेरै खेलाडीले खेल्ने गर्दछन । यस खेललाई शालिनताका साथ खेलिने आत्मरक्षाको मार्सल आर्टमा लिइन्छ । हाल काठमाडौ, पोखरा र तनहुँ लगायतका डोजो र विद्यालयहरूमा समेत आइकिडो आइकिकाई संघ नेपालले प्रशिक्षण दिंदै आएको छ ।

विशेष गरि, यस खेल हरेक विध्यालयमा किशोर र किशोरी हरुलाई प्रशिक्षण दिई अप्रिय घटनाहरु वाट आफ्नो आत्मरक्षा गर्नसक्ने वनाउनु पर्ने यस संस्थाका उपादध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।

संस्थाले नेपालमा १५ वर्षदेखि प्रशिक्षण दिंदै आएको छ । नेपालमा यस खेललाई प्रमुख प्रशिक्षक अर्जुन श्रेष्ठले भित्र्याएका हुन् । यसलाई शान्ति र सद्भावको कला पनि भनिने संस्थाका सचिव विनय श्रेष्ठले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।