बार्सिलोना स्पेनिस सुपरकपको फाइनलमा


     एभरेस्ट आवाज    
     माघ २ गते २०७७ मा प्रकाशित




रियल सोसिडाडलाई टाइब्रेकरमा हराउँदै स्पेनिस महारथी बार्सिलोनाले स्पेनिस सुपर कपको फाइनलमा स्थान बनाएको छ।

निर्धारित समयमा खेल १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो।
फ्रांकी डि योङले बार्साका लागि निर्णयाक गोल गरेका थिए। बार्साका गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले सोसिडाडका दुईवटा प्रहार रोकेका थिए।

यसअघि, डि योङले खेलको ३९ औँ मिनेटमा बार्सालाई अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा उनले नै ह्यान्डबल गरेपछि सोसिडाडले पेनाल्टी पायो जसलाई मिकेल आयोरजाबालले सजिलै गोलमा परिणत गरे। साबिक विजेता रियल म्याड्रिडले अर्को सेमिफाइनलमा एथ्लेटिक बिल्बाओको सामना गर्नेछ।

एजेन्सी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।