गण स्थापना दिवसको उपलक्ष्यमा सशस्त्र प्रहरी कालिका गणद्वारा रक्तदान, ६६ युनिट संकलन


     एभरेस्ट आवाज    
     चैत्र १९ गते २०८० मा प्रकाशित




पोखरा । सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीले आफ्नो १९ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान कार्यक्रममा गणमा कार्यरत ६६ जना सशस्त्र प्रहरी अधिकृत तथा बिल्लादार, जवानहरुले रक्तदान गरेका थिए ।

बिहान ०८ बजेबाट सुरु भएको उक्त रक्तदान कार्यक्रममा संकलित रगत नेपाल रेडक्रस सोसाईटी कास्की शाखाद्धारा संचालित प्रादेशिक रक्तसंचार सेवा, पोखरालाई हस्तान्तरण गरिएको थियो।
२०६१ साल चैत्र २१ गते मालेपाटन पोखरामा स्थापना भएको सशस्त्र प्रहरी बलको कालिका गणले १९ औं स्थापना दिवसको उपलक्ष्यमा एकल तथा अन्य संघसंस्थाहरु संग जोडिएर खेलकुद, विपद् सम्बन्धी सचेतना तथा डेमोस्ट्रेसन, मठमन्दिर सरसफाई, वृक्षारोपण र रक्तदान जस्ता जनमुखी तथा पर्यावरणीय सुरक्षा सम्बन्धि विविध कार्यक्रम गरी सप्ताहब्यापी विभिन्न कार्यक्रमहरु संचालन गरेको गणपति प्रहरी उपरिक्षक अरुण पौडेलले जानकारी दिए । कालिका गण गण्डकी प्रदेशमा विपद् उद्घारकहरुको युनिटका रुपमा समेत चिनिने गरिन्छ । गणले यहि २१ गते बुधबार १९औं स्थापना दिवस मनाउदैछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।