पत्रकार महासंघ कास्कीको साधारण सभामा अग्रज पत्रकार कार्की र ज्ञवालीसहित ९ पत्रकार सम्मानित

- कृष्ण दवाडी उत्कृष्ट सदस्य, जगतलाई दीर्घ सेवा सम्मान


     एभरेस्ट आवाज    
     माघ २ गते २०७७ मा प्रकाशित




नेपाल पत्रकार महासंघ कास्कीको १५ औं साधारण सभाको अवसरमा ९ पत्रकार सम्मानित भएका छन् । महासंघ कास्कीको शुक्रबार पोखरामा भएको साधारण सभाको अवसरमा अग्रज पत्रकार नारायण कार्कीसहित ९ जना पत्रकार सम्मानित भएका हुन् ।

पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्षसमेत रहेका अग्रज पत्रकार नारायण कार्की कीर्ति पत्रकारिता सम्मानबाट सम्मानित भए । १ लाख १ १ हजार १ सय ११ रुपैयाँ राशीसहित उनी दोषल्ला र ताम्रपत्रले सम्मानित भए ।

पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित भए । ५५ हजार ५ सय ५५ रुपैयाँ राशीसहित दोषल्ला र ताम्रपत्रले उनलाई सम्मानित गरिएको हो ।

त्यस्तै, २५ हजार राशीको गजेन्द्र भण्डारी पत्रकारिता पुरस्कार २०७७ बाट भरत कोइराला, २० हजार राशीको आर्थिक पत्रकारिता पुरस्कारबाट गोविन्द सुवेदी र २० हजार राशीको मीना सृजनशिल पत्रकारिता पुरस्कार २०७६ बाट रोशनी गुरुङ सम्मानित भए ।

यसैगरी २० हजार राशीको टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७६ बाट कमल पौडेल (अथक), २० हजार राशीकै टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७७ बाट मोतीसागर अधिकारी, ११ हजार १ सय ११ रुपैयाँ राशीको जगन्नाथ सिग्देल पत्रकारिता पुरस्कार २०७६ बाट अर्जुन गिरी र ११ हजार १ सय ११ रुपैयाँ राशीको जगन्नाथ सिग्देल पत्रकारिता पुरस्कार २०७७ बाट भीमबहादुर थापा सम्मानित भए ।

यसैबीच, पत्रकार महासंघ कास्कीका सदस्य कृष्ण दवाडी महासंघको उत्कृष्ट सदस्य घोषित भएका छन् । उनलाई नगद १० हजारसहित सम्मान गरिएको छ भने महासंघका कार्यालय सचिव जगत कार्की दीर्घ सेवा सम्मानबाट नगद १० हजार सम्मानित गरिएको छ ।

सम्मानित सबैलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभूवन पौडेल, पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठलगायतले सम्मान गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।