फाइल तस्विर : डा. शशांक कोइराला ।
चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले निर्वाचन आयोगले नेकपाको टुङ्गो नलगाएसम्म निर्वाचन हुन नसक्ने बताएका छन् ।
सञ्चारकर्मीसँग आज चितवनमा कुराकानी गर्नुहुँदै उनले भने, “निर्वाचन हुनका लागि नेकपा फुटेको आयोगले जानकारी गराएर चुनाव चिन्ह दिनुपर्छ ।” यही अवस्थामा अगामी वैशाखमा निर्वाचन हुने सम्भावना नरहेको उनको भनाइ थियो ।
उनले भने “अहिले कसैलाई काखा र कसैलाई पाखा गर्ने पक्षमा कांग्रेस छैन ।” कांग्रेसले स्वतन्त्ररुपमा आन्दोलन गर्ने र एक्लै गर्ने उनको भनाइ थियो ।
फरक प्रसङ्गमा बोल्दै उनले अहिले कांग्रेस सरकारमा नजाने बताए । उनले भने “सरकारले तीन वर्ष छ महिनासम्म केही गर्न सकेन । त्यसको अवजस लिन कांग्रेस सरकारमा जाँदैन ।”
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्कीको विजयपुर खोलामा तर्ने क्रममा बेपत्ता भएका दुई बालकमध्ये एक जनाको शव…





