पोखरा, बैशाख ९
शिक्षक संघ संगठनहरुले पारिश्रमिक बृद्धि नगरेसम्म एसईईको कपी परीक्षण नगर्ने अडान राखेका छन् । २०७२ सालदेखि हालसम्म कपी परीक्षणको पारिश्रमिक एउटै हुँदा अन्यायमा परेको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशिल शिक्षक संगठन, नेपाल शिक्षक संघ, एकीकृत अखिल नेपाल शिक्षक संगठनले पारिश्रमिक बृद्धि नभएसम्म एसईईको कपी परीक्षण नगर्ने अडान यथावत रहेको भन्दै परीक्षा नियन्त्रण कार्यालयको ध्यानाकर्षण गराएका हुन् ।
उनीहरुले यसअघिपनि पटक पटक ध्यानाकर्षण गराउँदापनि माग सम्बोधन नभएकाले कठोर निर्णय गर्न बाध्य भएको जनाएका छन् । साथै यस निर्णयले असरप्रति संघीय सरकार जिम्मेवार हुने चेतावनीपनि उनीहरुको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


जिल्ला समन्वय समिति, कास्कीले चाडपर्वको समयमा बजार अनुगमन र यातायात संचालनको क्षेत्रलाई…







