पोखराबाट लागूऔषध सहित दुई जना पक्राउ


     एभरेस्ट आवाज    
     माघ ६ गते २०७७ मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । लागू औषध सहित पोखराबाट दुई जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका वडा नं. १७ हिमचुलीमार्गबाट उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका वडा १७ घर भई पोखरा १७ बस्ने वर्ष २७ का बिशाल राना मगर र बर्दिया ठकुरद्वार नगरपालिका वडा नं. ८ घर भई सोही स्थानमा बस्दै आएका वर्ष २९ का मिन रानाभाट छन् ।

रानाभाटको कोठामा लुकाई राखेको अवस्थामा डाईजापाम १० एम्पुल, फेनेरागन १० एम्पुल, नुफ्रिनुर १० एम्फुल, मोवाईल २ थान र नगद १८ हजार सहित सोमबार साँझ ५ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिए ।

पक्राउ परेका उनिहरुलाई लागूऔषध सम्बन्धी कसुर अन्र्तगत थप अनुसन्धान अगाडी बढार्ईएको प्रहरीले जानकारी दिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।