विद्यार्थीका लागि विद्यालय पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण


     एभरेस्ट आवाज    
     असार २ गते २०८१ मा प्रकाशित




असार २ तनहुँ । चण्डी देउराली क्लब शुक्लागण्डकी नगरपालिका वडा नं १ चण्डी मैदानले शुक्लागण्डकी नगरपालिका वडा नं १ सिम्लेस्थित जनकल्याण प्राथमिक विद्यालयमा आज विद्यालय पोशाक तथा शैक्षिक समाग्री सहयोग गरेको छ ।

क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक स्तर अभिबृद्धि गराउने उद्देश्यले करिब २५ हजार रुपैयाँ बराबरको विद्यालय पोशाक तथा शैक्षिक समाग्री सहयोग गरेको हो ।
कार्यक्रममा क्लबका अध्यक्ष सुमबहादुर रानाले विद्यालयका छात्रछात्रालाई विद्यालय पोशाक तथा शैक्षिक समाग्री हस्तान्तरण गरे ।
क्लबका अध्यक्ष सुमबहादुर रानाको अध्यक्षता एवम् विद्यालयका प्रधानाध्यापक मदबहादुर कुँवरले सञ्चालन गरेको कार्यक्रममा स्वागत विद्यालयका शिक्षिका शारदा पौडेल(खनाल) ले गरेकी थिइन् ।

कार्यक्रममा क्लबका सदस्यहरू विशाल आले, विष्णु आले, पवन आले, मनिष राना, अर्जुन राना, सिम्ले टोल विकास संस्थाका अध्यक्ष पदमराज वाग्ले, स्थानीय समाजसेवीका साथै विद्यालयका शिक्षिका बुद्धिमाया राना लगायतको उपस्थिति थियो ।
चण्डी देउराली क्लब विभिन्न सामाजिक गतिविधिमा कृयाशिल हुँदै आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।