विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बुधबार जित निकालेका छन् ।
मूलपानी क्रिकेट मैदानमा आर्मीले प्रदेश–१ लाई ४ विकेटले पराजित गर्दा अर्को खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशमाथि ९ विकेटको जित निकालेको हो।
आर्मीले जारी प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दा सम्पन्न सबै तीन खेलमा प्रदेश–१ ले नतिजा सुम्पिएको छ। पुलिसले जारी प्रतियोगितामा लगातार पहिलो जित निकाल्दा सुदूरपश्चिम प्रदेशले लगातार दुई खेलमा नै पराजय भोगेको छ।
कीर्तिपुर मैदानमा प्रदेश एकले दिएको एक सय ३२ रनको लक्ष्य आर्मीले २९ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा ग¥यो । आर्मीका लागि रोहित पौडेलले ३६ रन बनाए भने भीम सार्कीले २९ र राजेश पुलामीले अविजत २४ रनको योगदान गरे।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–१ ले ४० ओभर एक बलमा अलआउट हुँदै १ सय ३१ रन मात्रै बनाउन सक्यो। उसका लागि विवेक मेहताले ५० र फिर्दाेश अन्सारीले ३२ रन बनाए।
आर्मीका लागि शाहब आलमले चार र आकाश चन्दले तीन विकेट लिए।
कीर्तिपुर मैदानमा सुदूरपश्चिमले दिएको एक सय ११ रनको लक्ष्य पुलिसले १७ ओभरमा मात्रै एक विकेट गुमाएर पूरा ग¥यो । पुलिसका लागि सुनिल धमलाले ५३ र कुशल भुर्तेलले ५१ रन बनाए।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३३ ओभर एक बलमा अलआउट हुँदै जम्मा एक सय १० रन मात्रै बनाउन सक्यो।
सुदूरपश्चिमका लागि खडक बोहोराले सबैभन्दा धेरै ४० रन र सन्जु धामीले ३५ रन बनाए। पुलिसका दिपेन्द्रसिंह ऐरी र सागर ढकालले समान ४÷४ विकेट लिए। प्रतियोगितामा पहिलो खेल हारेको पुलिसले बुधबार दोस्रो खेलमा भने जित निकालेको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







