पोखरा । कम्युनिष्ट सरकारले सर्वासत्तावादी प्रवृति देखाएको भन्दै नेपाली काँग्रेस पोखरा–२५, हेमजाको आयोजनामा बिहीवार विरोध प्रदर्शन गरिएको छ ।
कार्यक्रममा भनाई राख्दै काँग्रेस आमन्त्रित केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशसभा सांसद् कुमार खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन मार्फत सर्वासत्तावादी प्रवृति देखाएको आरोप लगाउँदै सो कदम असंवैधानिक रहेको बताए ।उनले नेकपा जुनसकै आवरणमा भएपनि लोकतान्तिक पार्टी हुन नसक्ने औँल्याउँदै वर्तमान् कम्युनिष्ट सरकारले जनतामाँझ थुपै सपना बाढेको तर हालसम्म कुनै पनि सपना पुरा गर्न नसकेको दावी गरे।
नेता खड्काले प्रधानमन्त्रीको कार्यशैली कुनै टोले गुण्डाको भन्दा फरक नभएको चर्चा पनि गरे ।उनले काँग्रेस नेकपाको एकताकै पक्षमा रहेको जनाउँदै लोकतन्त्रको रक्षाका लागि काँग्रेस अडिक रहने भनाई राखे ।
महासमिति सदस्य रामचन्द्र त्रिपाठीले संसद् विघटन पछि देश गम्भिर मोडमा उभिएको चर्चा गर्दै प्रधानमन्त्रीले सनकमा भरमा कदम चालेको उल्लेख गरे ।अहिले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने उनको धारणा छ।
उक्त कार्यक्रममा क्षेत्रीय सदस्य प्रकाशचन्द्र सापकोटा, निवर्तमान् सभापति माधवशरण बास्तोला, सचिवद्वय दानबहादुर भुजेल र मोतिराज तिम्सिना, महिला संघकी सिर्जना सापकोटा, सभापति मधुसुदन त्रिपाठी, सहसभापति दानबहादुर थापा, भरतचन्द्र गौतम लगायतकाले पनि धारणा राखेका थिए।
उनीहरुले नेकपाका शीर्ष नेताको पदको लोभका कारण वर्तमान् अवस्था आएको, कम्युनिष्ट सर्वसत्तावाद स्वीकार्य नभएको, मुलुकमा संवैधानिक संकट उत्पन्न भएको, जनमतको उपेक्षा गरिएको लगायतका धारणा राखेका थिए।
यसैबीच नेपाली काँग्रेस पोखरा १ ले पनि बिहीवार विरोध सम्पन्न गरेको छ ।उक्त कार्यक्रममा धारणा राख्दै पुर्व सांसद शारदा पौडेलले पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका राष्ट्रहित वितरीत रहेको जनाइन् ।उनले सरकारले असंवैधानिक कदम चालेको उल्लेख गर्दै त्यसलाई तुरुन्तै सच्चाउनुपर्ने धारणा राखिन्।
उक्त अवसरमा क्षेत्रीय सहसचिव गंगाबहादुर गुरुङ, महिला संघ जिल्ला सचिव सीता गुरुङ, दलित संघ जिल्ला सचिव गोविन्द नेपाली, इकाई सदस्य मानबहादुर लामघाले, अधिवक्ता विरेन्द्र केसी, क्रियाशिल सदस्य चन्द्रबहादुर गुरुङ, वडा सभापति टंकनाथ पौडेल, सचिव शिव श्रेष्ठ र उपसभापति मीना पाण्डे लगायतले पनि धारणा राखेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







