पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोकका मृगौला पीडित वर्ष १९ कि सुस्मिता परियारलाई आर्थिक सहयोग हस्तान्त्रण गरिएको छ ।
मृगौला पिडित सुस्मीता परियार बचाउ अभियान समितिद्धारा संकलित रकम आइतबार माछापुच्छे्र गाउँपालिका वडा न.३ घाचोक वडा कार्यालयमा आयोजित कार्यक्रममा हस्तान्त्रण गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा न. ३ का वडा अध्यक्ष सुर्यप्रसाद लम्सालले सिघ्र स्वस्थ्य लाभको कामना गर्दै आर्थिक सकंलन समितिलाई धन्यवाद ज्ञापन गरे ।
उनले राज्यले नागरिकको स्वस्थ्यको जिम्मा लिनुपर्नेमा राज्यले नसकेकोले यस्ता समितकिो आवस्यक रहेको उल्लेख गरे ।
माछापुच्छ्रे गाउँपालिकाकी काँग्रेस नेतृ टेकन शोभा गुरुङले शिघ्र स्वस्थ्य लाभको कामना गर्दै नगद २१ हजार रकम सहयोग गरिन ।
कार्यक्रममा जनता समाजवादी पार्टी माछापुच्छे्र गाउँपालिकाका अध्यक्ष जगत गुरुङले २२ हजार १०५ सहयोग गरेका थिए । उनको नेतृत्वमा हालसम्म ३ लाख ५४ हजार ११२ रकम हस्तान्त्रण गरिएको बताए ।
त्यस्तै अभियान समितिद्धारा आइतबार ३ लाख ८८ हजार ७०१ हस्तान्त्रण गरिएको छ । हालसम्म समितिले १३ लाख २१ हजार ६७२ रकम संकलन भएको र अन्य रकम बिगतमा समितिको सहकार्यमा सहयोगि दाताहरुको प्रतक्षय उपस्थितिमा पिडित परिवारलाई हस्तान्त्रण गरिएको संयोजक संजय लम्सालले जानकारी दिए ।
यस अभियानमा हाल जापानमा रहेका जी।एम रानाभाटको मुख्य भुमिका रहेको समेत उनले उल्लेख गरे ।
पिडितका बुबा सुरेस परियारले छोरीको स्वस्थ्य अबस्थाको बारेमा जानकारी गराउँदै समितिलाई सहयोग गरेकोमा धन्यवाद दिए । उनले आफ्नी छोरीको पुनर्जन्म पाउने आसा गर्दै थप सहयोगको अपिल गरेका छन ।
संयोजक संजय लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा दुर्गादत्त लम्सालले स्वगत र सञ्चालन रुद्र रानाभाटले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







