साङ्केतिक तस्विर
पोखरा । म्याग्दीको बेनीबाट बाग्लुङका लागि यात्रु लिएर जाँदै गरेको जीप बाग्लुङ ५ मालिकामा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
ग १ ज ६७४४ नम्वरको बस बाग्लुङको मालिकामा सडकबाट अन्दाजी १० मिटर तल खस्न जाँदा सो दुर्घटना भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।
घाइते हुनेहरुमा म्याग्दीको बेनी–२ गौस्वराका पाँच जना छन् । घाइते भएकाहरुमध्य एक जनाको अवस्था मध्यम रहको र बाँकी चार जना सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
घाइतेहरुको धवलागिरी अञ्चल अस्पताल, बाग्लुङमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







