साङ्केतिक तस्विर
पोखरा । सुनौलीबाट पोखरा आउँदै गरेको बसमा सवार पोखराका तीन जनालाई लागूऔषध सहित प्रहरीले पक्राउ गरेको छ ।
नवलपुर बर्दघाट सुस्ता पूर्वको विनयी त्रिवेणी गाउँपालिका –१ दुम्किबास बजारस्थित पूर्व–पश्चिम राजमार्गमा खटिएको प्रहरीले चेकजाँचका क्रममा उनिहरुलाई पक्राउ गरेको हो ।
सुनौलीबाट पोखरातर्फ आइरहेको ग १ ख ४०३४ नम्वरको बसमा सवार पोखरा–६ का विशेक परियार, रहन सुनार, नवलपुर बर्दघाट सुस्ता पूर्वको मध्यविन्दु नगरपालिका –७ आकाश गुरुङलाई लागूऔषध सहित पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ ।
प्रहरीले परियारले बोकेको झोलाबाट नोफिन-४६ एम्पुल, फेनारगन-४६ एम्पुल,डाईजोपाम- ४६ एम्पुल बरामद गरेको छ । यस्तै सुनारको साथबाट नोफिन-५० एम्पुल, फेनारगन- ५० एम्पुल, डाइजापम- ५० एम्पुल र गुरुङबाट चरेस जस्तो देखिने ४ पुरिया, १९.६६ ग्राम लागु औषध र सुकेको गाँजा ८१.५ ग्राम लागूऔषध बरामद गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिंङले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







