फोटो: एजेन्सी
होबार्ट हरिकेन्सले अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) टी–ट्वान्टी क्रिकेटमा जित निकालेको छ।
मेलबर्नमा आइतबार भएको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्टले सिड्नी सिक्सर्सलाई ७ रनले हराएको हो।
उक्त खेलमा नेपालका लेग स्पिनर सन्दीप लामिछनेले २ विकेट लिए। सन्दीपले २४ रन खर्चिएर २ विकेट लिएका हुन् । जारी बिग बास लिगमा सन्दीपले हालसम्म ८ विकेट लिईसकेका छन् ।
उनीसँगै, होबार्टका नाथन एलिसले ३ विकेट लिए। त्यस्तै, स्कट बोलाण्डले पनि २ विकेट लिए।
होबार्टले दिएको १ सय ८९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सिड्नीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८१ रन मात्र बनाउन सक्यो।
सिड्नीका जोर्डन सिल्कले ७८ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै, कप्तान मोइस हेन्रिक्सले ४३ रन जोडे।
यसअघि पहिले ब्याटिङ गरेको होबार्टले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो। होबार्टका लागि म्याथ्यु वेडले सर्वाधिक ८६ रन जोडे । यस्तै डीआर्ची शर्टले ७२ रन बनाए ।
सिड्नीका सिन एब्बट, ज्याक बल र बेनले २÷२ विकेट लिए।
जितसँगै होबार्ट पाँचौं स्थानमा उक्लिएको छ । होबार्टले १३ खेलमा २७ अंक जोडेको छ । सिड्नी ३२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
एजेन्सी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







