महिला लिग: वालिङमाथि आर्मीको पनि सहज जित


     एभरेस्ट आवाज    
     माघ १२ गते २०७७ मा प्रकाशित




तस्बीरः एन्फा

महिला राष्ट्रिय फुटबल लिगमा त्रिभुवन आर्मी क्लबले वालिङ नगरपालिका स्याङ्जालाई ७–० गोलको जित निकालेको छ।

आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीको जितमा विमला चौधरीले ह्याट्रिक गरिन्।

खेलको १५ औं मिनेटमा गोलको खाता खोलेकी बिमलाले ६६ र ७५ मिनेटमा थप गोल गर्दै ह्याट्रिक पूरा गरिन्। दीपा राईले २८ मिनेटमा दोस्रो गोल गर्दा शर्मिला थापाले पहिलो हाफ सकिनुअघि तेस्रो गोल गरिन्।

यस्तै, हेमा चौधरीले ८९ मिनेटमा छैटौं गोल गरिन्। भुजाङ्गा राईले दोस्रो हाफको इन्जुरी समयमा अर्को गोल थपिन्।

पहिलो खेलमा आर्मी पुलिस क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो। खेलमा वालिङले ३ जना क्यामरुनका खेलाडीलाई डेब्यू गराएको थियो। तरपनि आर्मीविरुद्ध वालिङले फितलो प्रदर्शन ग¥यो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।