अस्ताए, नेपाली लोक संगीतका प्राज्ञ (सर्जक) धनबहादुर गायक


     एभरेस्ट आवाज    
     माघ १२ गते २०७७ मा प्रकाशित




नेपाली लोक संगीत जगतका प्राज्ञ (सर्जक) धनबहादुर गायकको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको छ।

‘यो दाजुको मिरमिरे आँखा.. र ‘फूल, मायामा नभुल..’ लगायतका दर्जनौ गीतका सर्जक धनबहादुर गायकको असामयिक निधनले सिंगो नेपाली लोक संगीत क्षेत्रलाई नै स्तब्ध बनाएको छ। गयकको ५९ वर्षको उमेरमा असामयिक निधन भएको हो।

मणिपाल शिक्षण अस्पतालको आइसीयु कक्षमा आज (सोमबार) बिहान ८ बजेर १० मिनेट जाँदा गायकको निधन भएको अस्पतालले जनाएको हो।

पोखरा–१६, बाटुलेचौरस्थित कालीखोलामा शनिबार नुहाउन जाँदा अचेत भएर ढलेका गायकलाई सोही दिन मणिपाल शिक्षण अस्पताल भर्ना गरिएको फेवा टेलिभिजनका निर्देशक हेमराज अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार, पोखराको फेवा टेलिभिजनबाट प्रसारण हुने फेवा चौतारी कार्यक्रमका सदस्य समेत रहेका गायकलाई कार्यक्रमसम्बन्धी छलफलका लागि अधिकारी शनिबार उनकै घर बाटुलेचौरमा पुगेका थिए।

गायकलाई भेट्न संचारकर्मीहरु हेमराजसहित सरोज अधिकारी, विनोद गायक र स्व. गायकका कान्छा छोरा संगीत गायक धनबहाद्ुर कालीखोलामा पुग्दा अचेत र ढलेको अवस्थामा भेटिएका थिए।

गायकलाई अचेत अवस्थामा भेटिएपछि संचारकर्मी हेमराज अधिकारी, सरोज अधिकारी, विनोद गायक र उनकै कान्छा छोराले हेमराजको गाडी ग २ च १०५९ मा राखेर मणिपाल शिक्षण अस्पताल पु¥याएका थिए । मणिपाल शिक्षण अस्पतालमा पु¥याउनसाथ सिटी स्क्यान गर्दा गायकको मस्तिष्कमा रगत जमेको रिपोर्ट आएको हेमराजले बताए ।

उनी पोखरा महानगरपालिकाले स्थापना गरेको प्रज्ञा प्रतिष्ठानका सदस्य समेत हुन्।
लामो समय पोखरा महानगरपालिका कार्यलयको कर्मचारी समेत रहेका स्व गायक केही समय अघिमात्रै सेवा निबृत्त भएका थिए।

स्व. गायकले ०६६ सालमा पोखराको बाटुलेचौरमा आफ्ना पुख्र्यौली बाद्यबादन साङ्गी लगायतका लोकबाजा सिकाउने उद्देश्यले पाठशाला नै संचालन गर्दै आएका थिए ।

गायकको आजै (सोमबार) क्रिश्चियन धर्म परपंराअनुसार पोखराको गाइघाटमा अन्त्यष्टि गरिने परिवार श्रोतले बताएको छ। उनका एक श्रीमती, २ छोरा, १ बुहारी र १ छोरी छन् ।

एभरेस्ट मिडिया हाउस प्रा.लि. परिवार स्व.गायकप्रति हार्दिक श्रद्धाञ्जली साथै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।