पोखरा । पोखराको नयाँसडक सुधार समितिले सोमबार दुई वटा प्रहरी विट एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी नायव उपरिक्षक सुवास हमालले चिप्लेढुंगामा रहेको प्रहरी विट र वैदाम प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक चिनिमाया तामाङले रिवन काटेर उद्घाटन गरेका थिए । भने समितिका अध्यक्ष दिपेन्द्र मर्सानीले चावी सहित प्रहरी बिट हस्तान्तरण गरेका थिए ।
सो अवसरमा प्रनाउ सुवास हमालले घामपानीको बेलामा प्रहरीलाई डियूटिमा खटेर सुरक्षा दिन अत्यन्तै समस्या परेको अवस्थामा नयाँसडक सुधार समितिको पहलमा सह्रानिय कार्य भएको बताउँदै सामाजिक संघसंस्था र प्रहरी मिलेर नै समाजमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न सकिने धारणा व्यक्त गरे ।
त्यसै गरी पोखरा ९ का वडा अध्यक्ष रामराज लामिछानेले प्रहरी बिट राख्नको लागि भन्दा पनि नराख्नको लागि दबाब आएको अवस्थामा पनि मानवतासंग जोडिएको विषय भएकोले हामीले प्रहरी विट राख्ने निर्णय गरिएको बताए ।
न्युरोड (नयाँसडक) मा बढ्दै गएको व्यवसायीकरण बेला बखत असुरक्षाका घटनाले न्युरोडको शान्ति सुरक्षा नै खलबल भएको र यसलाई न्युनिकरणको लागि न्युरोड सुधार समिति र प्रहरी प्रशासनको सहकार्य तथा जनसमुदायको सहभागितामा उक्त बिटहरु करिब ३ लाख रुपैयामा सम्पन्न भएको समितिका सहसचिव ओम उपाध्यायले बताए । उनले विट निर्माण पश्चात २४ सै घण्टा प्रहरी तैनाथ रहने भएकाले सुरक्षा कायम रहनेमा विश्वस्त भएको बताए ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालयद्धारा उक्त बिट निर्माणमा मुख्य भूमिका निर्वाह गर्ने वडा नं. ९ का वडा सचिव तथा सुचना अधिकारी लोकदर्शन कोइराला, विट निर्माण समितिका संयोजक निरज गुरुङ र नयाँसडक सुधार समितिका अध्यक्ष दिपेन्द्र मर्सानीलाई सम्मान पत्र द्धारा सम्मान गरीएको थियो ।
सो अवसरमा प्रनाउ चिनिमाया तामाङ, समितिका अध्यक्ष दिपेन्द्र मर्सानी, निर्माण समिति संयोजक निरज गुरुङ लगाएतले बोलेका थिए ।
कार्यक्रमको संचालन नयाँसडक सुधार समितिका सचिव कृष्ण मर्सानी र प्रनानी होतबहादुर रोकाहाले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







