राष्ट्रपतिका पूर्व प्रेस सल्लाहकार माधव शर्मा रूद्रबहादुर भट्टराई स्मृति पत्रकारिता पुरस्कार–२०७६ बाट पुरस्कृत हुने भएका छन् । पोखरा लेकसाईडका स्व। रूद्रबहादुर भट्टराई तथा पूर्णकुमारी भट्टराईका परिवारद्वारा स्थापित र नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिद्वारा सञ्चालित सो पुरस्कार प्रेस स्वतन्त्रता सेनानी तथा बरिष्ठ पत्रकार शर्मालाई प्रदान गरिने भएको हो । महासंघ गण्डकी प्रदेशको हालै बसेको बैठकले पत्रकार शर्मालाई पुरस्कार अर्पण गर्ने निर्णय गरेको पत्रकार महासंघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेलले जानकारी दिए ।
महासंघ प्रदेश समितिका सल्लाहकार रवीन्द्रनाथ बाँस्तोलाको संयोजकत्वमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा।डा।बुद्धिबहादुर थापा, पुरस्कारका संस्थापक तथा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई, प्रदेश समितिका अध्यक्ष पौडेल ज्यू र महासचिव गणेश पौडेल सदस्य रहेको प्रतिभा छनौट समितिले पत्रकार शर्मालाई पुरस्कारका लागि सिफारिस गरेको थियो । सो सिफारिसलाई महासंघको बैठकले अनुमोदन गरेको हो ।अध्यक्ष पौडेलले बताए ।
पहिलो पटक प्रदान गर्न लागिएको सो पुरस्कारको राशी रु ५१ हजार १११ छ । पुरस्कृत हुन लाग्नुभएका व्यक्तित्व शर्मा ज्यू वि।सं। २०२८ देखि पत्रकारिता क्षेत्रमा प्रवेश गरेका थिए ।
यसैबीच, महासंघ गण्डकी प्रदेशको साधारण सभा आगामी फागुन १ गते पोखरामा गर्ने निर्णय गरेको छ । साधारणसभा सम्पन्न गर्न गणेश पौडेलको संयोजकत्वमा आर्थिक उपसमिति, मञ्च तथा अतिथि सत्कार संयोजकमा इन्द्रप्रसाद पौडेल, प्रचारप्रसार संयोजक रूद्रबहादुर श्रीस, जिल्ला शाखाहरूबाट सिफारिस भइआएका सदस्यताबारे आवश्यक निर्णय तथा ततसम्बन्धमा प्राप्त भइआएका उजुरीबारे आवश्यक छानविनका लागि अध्यक्ष त्रिभुवन पौडेल ज्यूको संयोजकत्वमा उपाध्यक्ष नारायणप्रसाद शर्मा र महासचिव गणेश पौडेल रहेको तीन सदस्यीय छानविन समिति गठन गरेको तनहुँको दमौलीमा सम्पन्न महासंघ गण्डकी प्रदेशको बैठकपछि जारी विज्ञप्तीमा जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







