भैरहवामा बुधबारबाट सुरु तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पोखरा एकेडेमीले विजयी सुरुवात गरेको छ।
भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा पोखरा क्रिकेट एकेडेमीले रुपन्देही ११ लाई ३ रनले पराजित गरेको हो।
टस जितेर ब्याटिङ गरेको पोखराले निर्धारित २५ ओभरको खेलमा २३ ओभरमा अलआउट हुँदै ७५ रन बनायो। जसमा सिब्रिन श्रेष्ठले २५, प्रनिस अर्यालले ११ रन बनाए। बलिङमा रुपन्देही ११ का विप्रसन केसीले ५ ओभरमा १ मेडन राख्दै ८ रन खर्चेर ३ विकेट लिए। यस्तै, सौजन पाण्डेले २ र मनिष थापाले १ विकेट लिए।
जवाफमा रुपन्देही ११ ले ९ विकेट गुमाएर ७२ रनमै समेटियो। जसमा विशाल भुसालले १३ तथा संकेत भट्टराई र विष्णु थापाले ११÷११ रन बनाए। बलिङमा पोखराका सिव्रिन श्रेष्ठले ५ ओभरमा २ मेर्डन राख्दै ८ रन खर्चेर ३ विकेट लिए। यस्तै, स्वीकार श्रेष्ठले ५ ओभरमा २ मेर्डन राख्दै ७ रन खर्चेर ३ विकेट लिए। खेलमा म्यान अफद म्याच सिब्रिन श्रेष्ठ भए।
८ टीम सहभागी प्रतियोगितामा विजेता टिमले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ। उपविजेताले १० हजार र ट्रफी प्राप्त गर्ने छ भने बेष्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने गौचनले जानकारी दिए।
पहिलो संस्करण विद्यालयस्तरीय रुपमा आयोजना गरिएकोमा क्रिकेट दोस्रो संस्करण रुपन्देही जिल्ला स्तरीय आयोजना गरिएको थियो। तेस्रो संस्करणलाई राष्ट्रिय स्तरमा आयोजना गर्न लागिएको हो। स्व. खड्गप्रसाद गौचन क्रिकेटर शक्तिका बुवा हुन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







